काठमाण्डौ, २४ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १०९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको छ ।
सोही समयावधिमा २ जना संक्रमितको ज्यान गएको छ भने ४३८ जना विसेक भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी अहिले भाइरसको सक्रिय संक्रमितको संख्या ५८०६ पुगेको छ ।
