काठमाण्डौं, २४ साउन । आगामी मंसिर २४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि उम्मेदवारी मनोनयन असोज २३ मा शुरु हुने भएको छ ।

निर्वाचन आयोगको बनाएको कार्यतालिका अनुसार, असोज २६ गते अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।  त्यसपछि असोज २८ गतेदेखि मतपत्र छपाइको कार्य सुरु हुनेछ ।

निर्वाचन तालिका अनुसार, असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरिने छ भने असोज २१ गते उनीहरूको कार्यालय स्थापना हुनेछ ।

आयोगले असोज २७ देखि मंसिर १ सम्म प्रचारप्रसारको समय तोकेको छ । मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन । त्यो बेलादेखि मौन अवधि शुरु हुनेछ ।

मतदान मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म हुनेछ ।

यो कार्य तालिका आयोगले आइतबार स्वीकृत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर