काठमाडौं, २२ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०४० जनाको पीसीआर गर्दा ४५१ र १७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जना सङ्क्रमित भएका हुन् ।
सोही समयमा ४३३ जना सङ्क्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ५६५९ रहेका छन् ।
