काठमाण्डौं, १९ साउन । सरकारले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९ साल मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
यो जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको हो ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु हिजो बुधबार भेला भएर मंसिर ४ गते चुनाव गराउनु सहमत भएका थिए ।
सरकारले चुनवको निम्ति तय गरेको दिन आइतबार र तिथिले उत्पत्तिका एकादशी परेको छ भने सोही दिन अन्तर्राष्ट्रिय बालदिवस पनि पर्दछ ।
चुनावको लागि लगभग १० अर्ब रूपैंया लाग्ने र एक लाख अस्थायी(म्यादी) प्रहरी थप आवश्यक पर्ने निर्वाचन आयोगको पूर्वानुमान छ ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको कार्यकाल मंसिर २२ गते सकिंदैछ ।
