काठमाण्डौं, १८ साउन । सप्तकोशी नदीको यौटा भंगालो उदयपुर जिल्लाको वेलका नगरपालिकाको बस्तीमा पसेको छ । यो भंगालो कोशी व्यारेजको डुम्रिबोटेनेरको तटबन्ध भत्काएर बस्तीमा पसेको हो ।

वेलका नगरपालिकाका मेयर अशोक कार्कीले दिनुभएको जानकारी अनुसार, आज विहान करीब ४ बजे कोशीले त्यहाँको तटबन्ध भत्कायो र गाउँमा पस्यो । यसबाट उदयपुरको बेलका नगरपालिकाका वडानम्बर १, २, ३,  ८ र ९  का साथ सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुने र यस नगरपालिकाका मात्रै २० हजार बढी जनता  विस्थापित हुने देखिएको छ ।

अहिले पनि कोशीमा जलप्रवाह बढिरहेको छ र बाढी जमिन कटान गर्दै गाउँबस्तीमा पसिरहेको छ र स्थानीय बासिन्दाहरू गाउँ छाड्न बाध्य भएका छन् ।

उनीहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयंसेवीहरूको टोली बिहान सबेरैदेखि खटिरहेको छ । बाढ पीडितहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । तर उनीहरूको लागि बसोबासको बन्दोबस्त भने भैसकेको छैन ।

बाढ प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान केन्द्रबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिदै पीडितहरूको उद्धार र समुचित व्यवस्थापनको लागि कुनै कसर बाँकी नराख्रन निर्देशन दिनुभएको छ ।

केही दिनदेखिको निरन्तर वर्षाको कारण कोशीमा पानीको बहाव बढेपछि उता हिजो मंगलबारदेखि नै कोसी ब्यारेजमा खतराको जनाउ दिन रातो बत्ती बालिएको छ।सप्तकोसीमा आज बिहान पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको थियो। सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर