काठमाडौं, १६ साउन । पछिल्लो चौविस घण्टामा ५९०९ जनाको पीसीआर र एटिजेनको परिक्षण गर्दा थप ८९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६८५ जनाको पीसीआर परिक्षण गर्दा ६३२ र २२२४ जनाको एन्टीजेन परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको ज्यान गएको छ भने २६४ जना विसेक भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४९३४ पुगेको छ ।
