काठमाण्डौं, १५ साउन । आज विहान खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प भएको छ ।

विहान करिब सवा आठ बजेको समयमा काडमाण्डौं उपत्यकामा पनि त्यो भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको हल्लाई समान्यनै भए पनि यहाँका मानिसहरू आत्तिएर घरबाहिर निस्केका थिए ।

यो भूकम्प खोटाङको विर्ता केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएको जानकारी अनुसार भूकम्पको मापन ६ म्याग्‍निच्यूड रहेको छ ।

अधिकारीले समाचारको पुष्टि गर्दै बताउनुभयो : ‘खोटाङको विर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’ ।

हाम्रा सम्बाददाताहरूका अनुसार खोटाङ लगायत पूर्वी नेपालमा जिल्लाहरूमा भने भूकम्पको धक्का कडा महसुश भएको थियो । त्यतिबेला स्थनीय मान्छेहरू डरले भागम्भाग गरेका थिए ।

भूकम्प ठूलै भए पनि यसबाट के कति क्षति भयो वा भएको छैन भन्ने यथार्थ अहिले आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर