काठमाडौं, १२ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २५४१ जनाको पीसीआर र २४८४ जनाको एटिजेन गरिएको थियो ।
मन्त्रालयकाअनुसार पछिल्लो चौविस घन्टामा २१५ जना विसेक भएका छन् भने २ जनाको ज्यान गएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ४२३६ पुगेको छ।
