काठमाडौ, १० साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २२१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा २ जना संक्रमितको ज्यानगएको मन्त्रालयले जनाएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ भने २१८ जना संक्रमित विसेक भएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर