काठमाडौं, ५ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६७ पीसीआर परीक्षणमा ३१७ जना र १९०२ एन्टिजेन परीक्षणमा ११८ जना पुष्टि भएको हो ।
पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ५६ जना विसेक भएका छ् ।
अहिले कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २५३७ पुगेको छ ।
