काठमाडौं, ३० असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०२७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छभने ४८ जना संक्रमित विसेक भएका छन् ।
पछिल्लो चौविस घण्टामा थप संक्रमितमध्ये १३७ जना काठमाडौं,ललितपुरमा २३, बाँकेमा ६, अछाममा ५, कास्कीमा ५, मकवानपुरमा ५, मोरङमा ५ र भक्तपुरमा ४ जना रहेको मन्त्रालयले जनाएको छ ।
