काठमाडौं, २९ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २०८२ पीसीआर र १०९३ एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट १७७ जना र एन्टिजेनबाट २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा ४५ जना संक्रमित विसेक भएका छन्।
अहिले १००५ जना सक्रिय संक्रमित रहेका छन्।
