काठमाडौं, २७ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र ११८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो चौविस घण्टामा ३७ जना संक्रमित विसेक भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ।
