काठमाडौं, २६ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो चौविस घण्टामा ३१ जना संक्रमित विसेक भएका छन् ।
अहिले कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको मन्त्रालयले जनाएको छ ।
