काठमाडौं, २३ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३५१५ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा सो पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये २२ जना काठमाडौं र ललितपुरमा १८ गरी ४० जना रहेका छन् भने मकवानपुरमा ४, मोरङमा ३, कास्की र बाँकेमा दुई–दुईजना रहेका छन् । सङ्खुवासभा, सुनसरी, सिराहा, काभ्रे, रुपन्देही र सल्यानमा एक–एकजना रहेको मन्त्रालयले जनाएको छ ।
चौविस घण्टामा २३ जना सङ्क्रमित विसेक भएका छन् ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर