काठमाडौं , २० असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८४७ जनाको पीसीआर र ११६३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा १९ जना संक्रमित विसेक भएका छन् भने ३४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
