काठमाडौ, १० असार । नेकपा एकीकृत समाजवादीका १० सांसदले संसदीय दलको बैठक बोलाउन पार्टी अध्यक्ष माधवकुमार नेपालसंग माग गर्नुभएको छ ।

उहाँहरुले पार्टी अध्यक्ष नेपाललाई ध्यानाकर्षणपत्र बुझाउँदै मन्त्री हेरफेरको विषयमा पनि असन्तुष्टि जनाउनुभएको छ ।

ध्यानाकर्षणपत्रमा बजेट अधिवेशन चलिरहेको समयमा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरालाई सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरिएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा स्वास्थ्य राज्यमन्त्री कृष्णकुमार श्रेष्ठले ध्यानाकर्षणपत्र बुझाउनुभएको छ ।

ध्यानाकर्षणपत्रमा मन्त्रीहरू पूर्वजानकारी भए स्वाभाविक प्रक्रियाबाट राजीनामा दिन तयार रहेको उल्लेख गर्दै नेतृत्वले आफूहरूप्रति अपराधीलाई जस्तो व्यवहार गरेको पनि उल्लेख गरिएको छ ।

प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित भएको भन्दै त्यसप्रति असहमति जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिमलाई पूरै फिर्ता बोलाउनुपर्ने उहाँहरुको माग छ।

एकीकृत समाजवादीका सांसदहरू कृष्णलाल श्रेष्ठ, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरादेवी जैरूले ती मागहरूमा समर्थन जनाउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर