काठमाडौं, ३ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २२३४ पीसीआर र १३७६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
गत चौविस घण्टामा १५ जना संक्रमित विसेक भएका छन् भने सो अवधिमा अहिले १०४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
