काठमाडौं, ३ असार । मङ्कीपक्सको आशङ्कामा अस्पताल भर्ना गरिएका पुरुषमा मङ्कीपक्स नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले विदेशबाट आएका ती पुरुषमा मङ्कीपक्सको आशंका गरिएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनमा मङ्कीपक्स पुष्टि नभएको कुरा अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार बिहीबार र शुक्रबार अस्तालका प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट सो पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर