लुम्बिनी, १ असार । लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण
राज्यमन्त्री विमला खत्री वलीको घटनाको बिषयमा सत्य तथ्य बुझनका लागि छानबिन गर्न प्रदेश सरकारले आज एक समिति गठन गरेको छ।
मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको हो।
उक्त समितिको सदस्यमा महिला बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर र मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदी छन्।
दाङको तुलसीपुरमा एक जना महिला र बालिकालाइ उनकै घरभित्र पसेर अभद्र व्यवहार गरेपछि प्रहरीले उहाँलाइ नियन्त्रणमा लिएको थियो।
