काठमाडौ, २८ जेठ । अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चाल्र्स ए फ्लिलिनले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ ।
सो भेटमा दुई देशबीच कूटनीतिक सम्बन्ध, मानवीय सहायता र विपद् व्यवस्थापन तथो राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपालको योगदानका बारेमा छलफल भएको थियो।
जनरल फ्लिनले हिजो नै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट तथा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो ।
उहाँले माउन्टेन फ्लाइटमार्फत सगरमाथा अवलोकन, भोली शान्ति कार्य तालिम केन्द्र पाँचखालको अवलोकन तथा सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरी भ्रमण कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले यो औपचारिक सद्भावना भ्रमण भएकाले भ्रमणमा कुनै एजेन्डा तय नभएको जनाएको छ।
