काठमाडौँ, २७ जेष्ठ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ७५औं वर्ष पुगेको अवसरमा चार दिवसीय भ्रमणको सिलसिलामा अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चार्ल्स एफ्लिन हिजो यहाँ आइपुग्नुभएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले जनरल फ्लिनको भ्रमण नेपाल र अमेरिकाबीचको दशकौं लामो रक्षा सहकार्यको निरन्तरता भएको जनाएको छ।
जनरल चार्ल्सले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय राजनीतिक नेतृत्व लगायत प्रधानसेनापतिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उहाँले शनिबार माउन्टेन फ्लाइटमार्फत सगरमाथा अवलोकन गर्नुका साथै शान्तिकार्य तालिम केन्द्र पाँचखालको अवलोकन, सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरी भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले उल्लेख गरेको छ।
