काठमाडौं, २२ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५७९ जनाको पीसीआर र १०५५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट ९ जना विसेक भएका छन् भने ११० जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११,९५२ पुगेका छन् ।
