भक्तपुर, २२ जेष्ठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ मा गाईको बाछो काटी मासु भाग लगाई बेचिरहेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा काटाकुटी गाउँपालिका वडा नं.२ घर भई हाल बोडे पाटी बिहार बस्ने वर्ष ३८ का निमा मोक्तान रहेका छन्।
नीजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
