काठमाण्डौं, १६ जेठ । भारतीय घरेलु टिमहरूको क्रिकेट प्रितियोगिता टि- 20 इण्डियन प्रिमियर लिग २०२२ को उपाधि नव प्रवेशी टिम गुजरात टाइटन्सले जितेको छ ।

उसले आइपिएलको यो उपाधि पुरानो अनुभवी टिम राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा जम्मा १३० रन बनाएको थियो ।

त्यसको जवाफमा हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको गुजरात टाइटन्सले सामान्य चुनौतिको यो लक्ष्य ११ बल बाँकी छदै पुरा गर्‍यो र प्रतियोगितामा सहभागी भएको पहिलो पल्टै उपाधि चुम्यो ।

अहमदावादमा आइतबार राति भएको खेलमा उपाधि विजेता गुजरातले जम्मा ३ विकेट गुमायो ।

गुजरातका कप्तान अल राउण्डर पाण्ड्याले बलिङतर्फ तीन विकेट लिए, भने ब्याटिङतर्फ ३४ रन बनाए ।

यद्यपि राजस्थान रोयलका कप्तान सन्जु सामसन यो आइपिएलको सबैभन्दा प्रभावशाली कप्तान मानिन्छन्। तर गुजरातका कप्तान हार्दिकको सामुन्ने उनका कुनै टेक्निक कामयाब भएनन् ।

यी दुइ टिम आइपिएलको पहिलो क्वालिफायरमा आमनेसामने थिए । त्यस खेलमा पनि गुजरातले राजस्थानलाई हराएको थियो ।

सन् २००८ मा आइपीएलको पहिलो संस्करणको उपाधि जिते यता राजस्थानले फेरि अर्कोपल्ट उपाधि जित्न सकेको छैन। त्यतिबेला राजस्थान शेन वार्नको कप्तानीमा थियो ।

अहिलेसम्म अइपिएलको उपाधि मुम्बईले पाँच पटक र चेन्नईले चार पटक जितेका छन्।

राजस्थान आइपिएलको फाइनलमा १४ वर्षपछि पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर