लण्डन, २४ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति सम्झौताका लागि रुसी सेना आक्रमणअघिको स्थितिमा फर्किनु पर्ने बताउनु भएको छ ।

लन्डनको विशेषज्ञहरूको समूहसँग कुरा गर्दै उहाँले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिनुभएको छ ।

उहाँले आफूले सानो युक्रेनको नभई युक्रेनको नेतृत्व गरिरहेको बताएउनुभयो ।

रुसले मारिऊपोल सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सङ्घर्षरत छ।

किएभबाट लन्डनमा रहेको विज्ञ समूहसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भूभागमाथि रुसले नियन्त्रण कायम राख्न नसक्ने बताउनुभयो ।

रुस र युक्रेन बीचको युद्ध रोक्नको लागि फेब्रुअरी २३ अघिको स्थिति फर्काउन कदम अघि बढाउनु पर्छ, उहाँले युद्धअघिको अवस्थातर्फ सङ्केत गर्दै बीबीसीसँग भन्नुभयो ।

म युक्रेनका जनताद्वारा युक्रेनको राष्ट्रपतिको रूपमा निर्वाचित भएको हुँ, कुनै किसिमको सानो युक्रेनको राष्ट्रपतिको रूपमा होइन। यो धेरै महत्त्वपूर्ण विषय हो, उहाँले भन्नुभयो ।

जेलेन्स्कीले रुस र युक्रेन बीचको कूटनीतिक वार्ता फेरि सुरु गर्न आह्वान गर्नुभयो । बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर