पेरिस, १२ वैशाख । एमानुएल माक्रोँ पुनः दोस्रो पटक थप पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपति भएका छन्।
माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ।
आइफल टावरको फेदमा उदारवादी माक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई अब चुनाव सकिएकाले आफू सबैका लागि राष्ट्रपति बनेको बताउनुभएको छ ।
उहाँकी प्रतिद्वन्दी ल पेन रहेको हुनुहुन्थ्यो ।
माक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत भएको छ।
उग्रदक्षिणपन्थी उम्मेद्वारले शृङ्खलाबद्ध रूपमा युरोपेली सङ्घ ईयू विरोधी नीतिहरूको वकालत गरिरहेकाले उहाँको विजयले उनीहरूलाई राहत मिलेको हो।
फ्रेन्च राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको बताइएको छ।
त्यो भनेको राष्ट्रपतीय निर्वाचनमा सन् १९६९ यताको सबैभन्दा कम मतदान हो।
उक्त मतमा करिब ३० लाख खाली वा बदर मतपत्रहरू पनि समावेश छन्। त्यो भनेको तीन भोटमा एक भोट बराबर हो।बीबीसी
