काठमाडौं, १० वैशाख । पछिल्लो चौविस घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६९१ जनाको पीसीआर परीक्षण गर्दा सो पुष्टि भएको हो ।

त्यसैगरी सो समयावधिमा १२५६ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १७ जना कोरोनाबाट विसेक भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २८३ जना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर