काठमाडौ, ६ वैशाख । डेमोक्र्याटिक पार्टीका चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउनु हुने भएको छ।
नेपाल आउनुहुने ती सिनेटरहरुमा मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की रहनुभएको छ ।

उहाँहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि आउँनुहुने भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले वताउनु भएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणका क्रममा उहाँहरु नेपाल आउन लाग्नुभएकोे हो ।

उहाँहरू ९ गते आएर ११ गते फर्किने कार्यक्रम रहेको प्रवक्ता लम्सालले वताउनुभयो ।

नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ। यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। रूसलाई मानव अधिकार परिषद्को सदस्यबाट निलम्बन गर्न भएको मतदानमा भने नेपाल तटस्थ बसेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर