
जापानी प्रधानमन्त्री
जापान, २६ चैत । जापानी प्रधानमन्त्री फुमिओ किशिडाले शुक्रवार प्रेस सम्मेलन गर्दै आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको र रुसी कोइला आयात पूर्ण रूपमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ ।
किशिडाले पत्रकारहरूलाई भन्नुभयो, रुसले सर्वसाधारणको हत्या र आणविक ऊर्जा केन्द्रमाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको बारम्बार उल्लङ्घन गरेको छ।ू
जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ।
किशिडाले भन्नुभयो , जापान युक्रेनको साथमा छ।
जापान भारत र चीनपछि विश्वको तेस्रो ठूलो कोइला आयातकर्ता हो। जापानको कुल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो।बीबीसी
