
काठमाडौ, ९ चैत । सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएका छन्।
यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै सो जनाएको हो ।
विभागले सो सूचना बुधबार अपरान्ह ५ बजेदेखि कार्यान्वयन हुने जनाएको छ ।