: मस्को , ७ चैत,।युक्रेनमा रुसी नौसेनाका वरिष्ठ अधिकारी मारिएका छन् । युक्रेनले मारिओपोलमा भएको लडाईमा रुसी नेभीका पहिलो श्रेणीका क्याप्टेन एन्ड्री पालीको भिडन्तमा मृत्यु भएको छ । रुसको ब्ल्याक सी फ्लीटका वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् ।
पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट-क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार हो।
यसअघि युक्रेनले रुसी सेनाका लेफ्टिनेन्ट जनरल आन्द्रेई मोर्दभिचेभलाई मारेको बताएको थियो, जो अहिलेसम्मको लडाईमा मर्ने सबैभन्दा वरिष्ठ रूसी जनरल हुन् ।
