काठमाडौँ, ६ चैत । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित गरिएको छ । बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले पार्टीको विधान धारा १३ (६) को झ बमोजिम आज मनोनयन गर्नुभएको कांग्रेस बागमती कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिनुभयो ।
सभापति बाँनियाले निमा लामा, कृष्णलाल भँडेल, सन्तबहादुर प्रजा, प्रभात तामाङ, कल्पना नेपाली, तिलकप्रसाद रुवाली, छिरिङ दोर्जे लामा, अर्जुन न्यौपाने, कैलाश कोइराला, राजु खरेल, गौरी दवाडी, रमेशकुमार बखती, हरिहर अधिकारी, राजेश महर्जन, प्रभुराम श्रेष्ठ र भगवतीकुमारी खड्कालाई मनोनयन गर्नुभएको हो ।–––
