काठमाडौ, ३० फागुन । रुस र युक्रेनबीच चौथो चरणको वार्ता स्थानीय समयअनुसार बिहान साढे दश बजे हुन लागेको युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार एन्तन गेरासेन्कोले बताएका छन्।
सप्ताहान्तमा भएका वार्ता ‘रचनात्मक’ भएको भन्ने युक्रेनी वार्ताकार मिखाइलो पोडोल्याकको प्रतिक्रियाका कारण ताजा वार्तामा कूटनैतिक प्रगति हुने आशा बढेको छ।
“रुसले रचनात्मक रूपमा कुरा गर्न थालिसकेको छ,” पोडोल्याकले भनेका छन्।
“मलाई लाग्छ केही दिनभित्र हामीले केही परिणाम प्राप्त गर्नेछौँ।”
यसबीच सोमवार अमेरिका र चीनबीच पनि वार्ता हुँदैछ। बेइजिङ्ले रुसलाई सहायता गर्ने सम्भावनाका माझ उक्त वार्ता हुन लागेको छ।
