काठमाण्डौ,२६ फागुन । उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ।
न्यायपरिषदका एक सदस्यका अनुसार, परिषदको आज बिहीबार बसेको बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गर्न सिफारिस गरेको हो ।
यसै गरी सोही बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि पनि सिफारिस गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतमा एक जना न्यायाधीशको पद रिक्त थियो। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहेने व्यवस्था छ।
