रुस, २२ फागुन । युक्रेनमाथिको आक्रमण रोक्न दबाब दिनकालागि विश्वव्यापी विद्युतीय भुक्तानी सञ्जाल भएका भिजा र मास्टरकार्ड कम्पनीले आइतबारदेखि रुसमा सेवा बन्द गरेको रोयटर्सले जनाएको छ।
भिसा इन्क र मास्टरकार्ड इन्क विश्वव्यापी सञ्जाल भएका अमेरिकी कम्पनी हुन्।
दुवै कम्पनीले आजदेखि रूसमा दर्ता भएका भिजा र मास्टरकार्ड रुसभित्र र बाहिर काम गर्नेछैनन्।
भिजा र मास्टरकार्डको निर्णयलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गर्नुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीमा यो निर्णयको स्वागत गरेको ह्वाइट हाउसले जनाएको छ।
रूसले युक्रेनमाथिको आक्रमण जारी राखेको छ। आक्रमणको ११औं दिन आइतबार पनि युक्रेनको राजधानी किइभ लगायत शहरमा आक्रमण भइरहेको छ।
