काठमाडौ, २२ फागुन । बलात्कारको अभियोग लागेका एमाले सांसद मोहन बानियाँलाई निलम्बित गरिएको छ ।

सो सम्वन्धित पत्र आज वसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले पढेर जानकारी गराउनुभएको हो ।

उनी होटेलमा बोलाएर ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए।

उनलाई महिलाले दिएको उजुरीका आधारमा बाँके प्रहरीले गत सोमबार काठमाडौंबाट नेपालगन्ज आउनेक्रममा नेपालगंज विमानस्थलबाट पक्राउ गरिएको थियो।

मुगुबाट समानुपातिक सांसद बनेका बानियालाई उजुरीको आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको थियो।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै होटेलमा बोलाएको र त्यहीँ जबर्जस्ती करणी गरेको महिलाको आरोप छ। उनले २७ माघमा उजुरी दिएकी थिइन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर