काठमाण्डौं, २० फागुन । नेपाली  कांग्रेस बाँके जिल्लाको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित हुनुभएको छ । विजयी गौडेल कोइराला पक्षीय नेता हुनुहुन्छ । उहाँले देउवा पक्षका बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्नुभएको हो।

बाँकेमा विहीबार भएको पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुइजना गौडेल र कुर्मीबीच दोस्रो चरणमा प्रतिष्पर्धा भएको थियो।

त्यहाँ आज शुक्रबार  दोस्रो चरणको मतदान भएको हो ।  निर्वाचन समितिलेअनुसार  विजयी गौडेलले ७६० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी बादशाह कुर्मीले ६६३ मत प्राप्त गर्नुभएको  छ ।

निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदानमा कुल १४९३ मतदातामध्ये १४३९ मत खसेको थियो। जसमध्ये १६ मत बदर भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर