काठमाडौँ, २० फागुन । रुसी सेनाले युक्रेनमा रहेको युरोपको सबैभन्दा ठूलो जापोरिज्ज्या न्यूक्लियर पावर प्लान्ट ९एनपीपी० वरपरको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । रुसी सेनाले यहाँ चारैतिरबाट फायरिङ गरिरहेको छ । यो घटनापछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई ‘परमाणु आतंकवाद’ भनेका छन् । जेलेन्स्कीले मस्कोलाई आणविक आतंकको सहारा लिएको र चेर्नोबिल आणविक दुर्घटना दोहोर्याउन चाहेको आरोप लगाए।
“युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन्।
उनले अगाडि भनेका छन्,“युरोपेलीहरू जाग्नुहोस्। आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् कि रुसी फौजले युक्रेनस्थित ऊर्जा केन्द्रमाथि गोली चलाइरहेका छन्।”
जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली सङ्घ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताएका छन्
जेलेन्स्कीले भिडियो सन्देशमा भने, रुस बाहेक कुनै पनि देशले आणविक उर्जा केन्द्रमा गोली चलाएको छैन। मानव इतिहासमा यो पहिलो पटक हो। आतंकवादी देशले अब आणविक आतंकको सहारा लिन थालेको छ।
स्थानीय अधिकारीहरुका अनुसार हमलाका कारण प्लान्टमा आगो लागेको छ । युक्रेनी विदेशमन्त्री कुलेबाले ट्वीटरमा लेखेका छन्, ‘रुसीहरुले तत्काल गोलीबारी बन्द गरुन्, ताकि अग्निनियन्त्रकहरु त्यहाँसम्म पुग्न सकुन् ।’
युक्रेनमाथि रुसी हमलाको आज नवौं दिन हो । दोस्रो विश्वयुद्धपछि युरोपको कुनै देशमाथि यो अहिलेसम्मकै ठूलो हमला हो । । युक्रेनबाट करिब १० लाख मानिस शरणार्थीका रुपमा अन्य देशमा भागेका छन् भने पश्चिमी मुलुकको प्रतिबन्धका कारण रुसी अर्थव्यवस्था धर्मराएको छ ।
बेलायतले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बोलायो
युक्रेनको आणविक प्लान्टमा भएको गोलीकाण्डपछि बेलायतले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएको छ । यस सम्बन्धमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९क्ष्ब्भ्ब्० ले गम्भीर खतराको चेतावनी दिएको छ। उही समयमा, क्ष्ब्भ्ब् ले भन्यो कि हामी स्थिति बारे युक्रेनी अधिकारीहरूसँग सम्पर्कमा छौं र आणविक पावर प्लान्ट ९ल्एए० मा गोलाबारीको रिपोर्ट बारे पनि सचेत छौं।
