काठमाडौँ, ११ फागुन । रुसका राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा फौज पठाउन आदेश दिएपछि अमेरिका लगायत पश्चिमा देशहरूले मस्कोविरुद्ध प्रतिबन्धहरू लगाइरहेका छन् । युक्रेनका डोनेट्स्क र लुह्यान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रुसले आफ्नो सेना पठाउन आदेश दिएको छ
अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी ब्याङ्कको व्यापारमा रोक लगाउने घोषणा गरेको छ।
बेलायतले रुसका पाँचवटा बैंक र तीन धनाढ्यमाथि प्रतिबन्ध लगाएको छ भने जर्मनीले रुससँगको एउटा प्रमुख ग्यास पाइपलाइन परियोजना नोर्ड स्ट्रीम टूलाई यथास्थितिमा राख्ने जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिए पछि अ्मेरिका लगायतका देशहरु रुसमाथि प्रतिबन्ध लगाउन थालेकाहुन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूले अनुमति दिएको जानकारी आएको छ। त्यसबाट रुसलाई युक्रेनमा ठूलो आक्रमण गर्न बाटो खुल्न सक्ने बताइन्छ। पुटिनले युक्रेनसँग वास्तविक राष्ट्रको इतिहास नभएको दाबी गर्दै टेलिभिजन सम्बोधन गरेपछि यी घटनाक्रमहरू विकसित भएका हुन्
युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका छन् । मङ्गलवार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको फक्स न्यूजलाई बताए।
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन्। तर जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए। उनले पश्चिमा राष्ट्रहरूले रुस माथि लगाएको प्रतिबन्धको स्वागत गरेका छन्।
