काठमाडौँ, २२ माघ । बेहुली लिएर फर्किँदै गरेको जिप प्युठानमा दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ  भने बेहुलासहित ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो ।

८ मध्ये ६ जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल बिजुबारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ ।मृत्यु हुनेहरूमा गौमुखी गाउँपालिका(६ का बसन्त खड्का, उनकी श्रीमती बसन्ता खड्का र छोरी एलिशा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । लुङका एकजनाको पहिचान हुन सकेको छैन ।

अन्य पाँच जनाको अवस्था पनि गम्भीर रहेको छ । प्रहरीका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर