काठमाडौ, १७ माघ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कुनै आलटाल नगरी एमसिसी सम्झौता पारित गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै एमसिसी बारे सबै एकमुख भएर जनतालाई बुझाउनु पर्ने भन्दै सर्वसम्मतिले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।

एमसिसीकै बाहनामा सत्तारूढ गठबन्धन बीच कुनै समस्या आउन नहुने उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

‘यही बाहनामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्,’ भन्दै उहाँले ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’

प्रतिक्रिया

सम्बन्धित खवर