काठमाडौँ, १० माघ । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टीका नेता डा शेखर कोइरालाले आज आयोजना गर्नुभएको भर्चुअल बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने सुझाव दिनुभएको हो ।

नेताहरुले स्थानीय निर्वाचनका सम्बन्धमा सत्ता गठबन्धनमा निर्णय गर्नुअघि पार्टीमा आवश्यक छलफल गरी साझा धारणा बनाउनुपर्ने बताउँदै पार्टीमा एकता कायम गरेर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने सुझाव समेत दिनुभएको थियो । बैठकमा नेता डा कोइराला, महामन्त्री गगनकुमार थापा, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, डा चन्द्र भण्डारीलगायतका सहभागी हुनुहुन्थ्यो ।

गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि  तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको  छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले समयमै स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा विभिन्न चरणमा छलफल गर्नुका साथै आइतबार मात्रै कानूनविद्हरुसँग परामर्श गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर