काठमाडौ, २८ पुसर । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै माईतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले आज बिरोध प्रदर्शन गरेका छन्।

आन्दोलनकारीका अनुसार चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताएका छन् ।

बिरोध प्रदर्शनमा नेपाल चाइना नाका खुल्ला गर्, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर् लगायतका नारा लगाइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर