काठमाडौँ, १८ पुस । नेपाली काँग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले राष्ट्रिय सभा उम्मेदवार छान्ने छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
