काठमाण्डौं, ६ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा शीला शर्मा खड्का निर्वाचित हुनुभएको छ। उहाँ लुम्बिनी प्रदेशको महिलातर्फको कोटामा निर्वाचित हुनुभएको हो ।
शीला खड्का कांग्रेका नेता स्वर्गीय खुमबहादुर खड्काको पत्नी हुनुहुन्छ ।
कांग्रेसको निर्वाचन समितिले आज मंगलबार घोषणा गरेको मतपरिणामअनुसार विजयी शीला शर्माले २६७३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै रीता सेन ओलीले एक हजार ४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । लुम्बिनी प्रदेशको महिलातर्फको केन्द्रीय सदस्य १ पदको लागि तीन जना उम्मेदवार थिए ।
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते मतदान सम्पन्न भएको थियो । त्यसमा ४६४९ मत खसेको र २० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
