दमक, १९ मङ्सिर ।  श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।

उहाँका अनुसार यही मङ्सिर १६ गते घरायसी झगडा हुदाँ लिम्बूले आफनै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेको र घाइतेको उपचारका क्रममा मृत्यु भएको  प्रहरीमा बुझाएको जाहेरीमा  उल्लेख छ । प्रहरीले घटनाका  बारे थप अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर