काठमाण्डौं, २ मंसिर । दाङ जिल्लाको बङ्गलाचुली गाउँपालिको मुकुटीदेखि भ्युटावर जोड्ने सडक खण्डमा यौटा डोजर पल्टँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

त्यहाँ आज विहान ४ बजेतिर रा १ क ९१४ नम्वरको डोजर पल्टेको थियो ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले  हाम्रा स्थानीय सम्वाददातादाई दिनुभएको  जानकारी अनुसार, त्यस दुर्घटनामा परी डोजरका चालक सुनिलकुमार विकको निधन भएको छ भने अर्का व्यक्ति राजकुमार चौधरी घाइते भएका छन् ।

डोजर सडक मर्मतको लागि प्रयोग भैरहेको थियो ।

चालक विक दाङको घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी हुन् । उनी २२ वर्षका थिए ।

घाइते चौधरी बर्दियाको गुलरिया नगरपालिका–१ निवासी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर