उदयपुर, १९ कात्तिक । जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताउनुभएको छ ।
प्रहरीले आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारीदियो ।

प्रतिक्रिया

सम्बन्धित खवर