काठमाडौँ, ८ कात्तिक । देशभर थप सात सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। आठ हजार २८४ जनाको पिसिआर परीक्षण र २५८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
बितेको २४ घण्टामा कोरोनाभाइरसबाट १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०१ जना निको भएका छन् ।
